स्थिति भयावह भएपछि दिल्लीमा फेरि लकडाउन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्थिति भयावह भएपछि दिल्लीमा फेरि लकडाउन



दिल्ली । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।

भारतको सुप्रिम कोर्टले वायू प्रदूषणलाई तत्काल रोकथाम गर्ने योजना सोमबार पेश गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएको थियो । अदालत आफैले लकडाउन गर्न सुझाव समेत दिएको थियो ।

दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ । गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ आज ३३८ पीएम छ ।

एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ । आजदेखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द रहेका छन् ।