धवन फेरि चम्किए: हैदरावादलाई दिल्लीले दियो कडा लक्ष्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धवन फेरि चम्किए: हैदरावादलाई दिल्लीले दियो कडा लक्ष्य



काठमाडौं- इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई एक सय ९० रनको लक्ष्य दिएको छ ।

आवुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ८९ रन बनायो ।

निकै बलियो सुरुवात गरेको दिल्लीका लागि मार्कुस स्टोनीस र शिखर धवनले पहिलो विकेटका रुपमा ८६ रनको साझेदारी गरेका थिए । जसमा स्टोनीस ३८ रनमा आउट भए । त्यसपछि कप्तान श्रेयस ऐयर २१ रनमा आउट भएपनि दिल्लीले एक सय २६ रनमा दोस्रो विकेट गुमायो ।

तर तेस्रो विकेटका लागि शिखर धवन र सिमरन हिटमेयरले विस्फोटक ५२ रनको साझेदारी गरे । तर शिखर धवन ७८ रनमा आउट हुँदा दिल्लीले एक सय ७८ रनमा तेस्रो विकेट गुमायो । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि अन्तिममा हिटमयरले बिस्फाेटक ४२ रन बनाए । उनले २२ बलमा चार चाैका र एक छक्का प्रहार गरे ।