दिल्ली डेभियर्सले भन्यो सन्दीप विश्वकै १ नंबर बलर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिल्ली डेभियर्सले भन्यो सन्दीप विश्वकै १ नंबर बलर



नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर “गुगली वाई” सन्दीप लामिछानेको बलिङबाट दिल्ली डेयर डेभिल्स निकै प्रभावित बनेको छ । बन्द प्रशिक्षण ब्यस्त रहेका सन्दीपको बलिङको प्रसंशा गर्दै उस्ले आफ्नो फेसबुक पेजमा लेखेको छ, युवा बलर सन्दीप भविष्यका महान बलर बन्ने छन् । विश्वकै ठूला अर्थात एक नंबर बलर हुनेछन् ।

दिल्लीमा १ नंबरको जर्सीबाट खेल्न लागेका सन्दीपको सपना पनि विश्वकै १ नंबरकै बलर बन्ने सपना रहेको छ । त्यस्तै सन्दीपले हिजोको अभ्यास खेलमा दुई ओभर बलिङ गरेर एक विकेट लिएको सन्दीपले बताएका छन् ।सन्दीपको दिल्लीले निकै तारिफ गर्दै आएको छ । साथै दैनिक उच्च महत्वका साथ सन्दीपको विभिन्न भनाई र खेललाई लिएर निकै प्रशंसा गरि रहेको छ । अन्य खेलाडीको तुलनमा सन्दीपलाई निकै महत्व दिएको देखिन्छ । त्यस्तै प्रशिक्षक रिंकी पोटिंग र कप्तान गौतम गम्भीर पनि प्रभावित भएको बताएका छन् ।

यता नेपाली क्रिकेट फ्यानले सन्दीपले आईपीएलमा बलिङ गर्न पाउलान् की नपाउलान् भन्ने बहस गरि रहेका छन् । र सन्दीप पेलिङ ११ मा पर्ने लग भग पक्का पक्कि रहेको छ । अप्रिल ७ तारिखबाट भारतका विभिन्न शहरमा हुने आईपीएलमा सन्दीपको टिम दिल्ली डेयर डेभिल्सले अप्रिल ८ मा किंस इलाभेन पञ्जावसँग खेल्ने छ ।