डेंगी परीक्षण गर्ने किट नै छैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डेंगी परीक्षण गर्ने किट नै छैन



चितवन । केही सातादेखि चितवनका जिल्ला सरकारी अस्पताल र रत्ननगर अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप अत्यधिक हुँदा परीक्षण किटको अभाव भएको छ । अस्पतालमा क्षमताभन्दा बढी बिरामी हुनु र यसको तुलनामा किट कम हुँदा समस्या भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका नियन्त्रक रामकुमार केसीले शुक्रवारदेखि नै किट सकिएको बताए । इपिडोलोजी तथा रोग नियन्त्रण महाशाखामा किटको माग गरिए पनि हालसम्म उपलब्ध नभएको उनले जानकारी दिए । उनका अनुसार दैनिक दुई अस्पतालमा झण्डै सयओटा किटको माग रहेको छ । स्वास्थ्य कार्यालयले भरतपुर अस्पताल र रत्ननगर अस्पतालमा किट उपलब्ध गराउँदै आएको छ । 

किटको अभाव हुँदा बिरामीहरू फर्काउनु परेको बताउँछन् भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल । ‘स्वास्थ्य कार्यालयमा किट छैन, उनले भने, ‘हाम्रो आन्तरिक स्रोतको अभावले खरीद गर्न सकेका छैनौं ।’

उनका अनुसार भरतपुर अस्पतालमा मेडिकल विभागमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशतमा ज्वरो लक्षण भएका बिरामी आएका छन् । त्यसमध्ये अधिकांश बिरामी डेंगीका रहेको उनले जानकारी दिए । 

हालसम्म यहाँ आउने बिरामीमध्ये कसैको मृत्यु नभए पनि अस्पतालले डेंगीका बिरामीको चाप थेग्न सकेको छैन । अस्पतालमा एउटै बेडमा दुई जना र अन्य खाली भएको वार्डमा बिरामी राखेर उपचार गरिरहेको उनको भनाइ छ । 

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका जनस्वास्थ्य अधिकृत रमेश लामिछाने अन्य जिल्लामाभन्दा बढी चितवनमा किट पठाएको बताउँछन् । ‘यही वर्षमात्र ९ सयओटा किट पठाइसकेका छौं । तर सबै किट प्रयोग र दर्तामा देखिँदैन,’ उनले भने । एकै समय ३५ देखि ४० जिल्लामा डेंगीको प्रकोप फैलिएकाले किटको माग पुर्‍याउन नसकिएको उनले बताए । अभियानमा समाचार छ