व्यस्तताका कारण डेनमार्ककी प्रधानमन्त्रीको विवाह स्थगित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

व्यस्तताका कारण डेनमार्ककी प्रधानमन्त्रीको विवाह स्थगित



एजेन्सी- डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रडरिक्सनले व्यस्तताका कारण आफ्नै बिहे पटकपटक स्थगित गर्दै आएकी छन् । मेत्ते फ्रडरिक्सनले आफ्नो विवाहका लागि तेस्रोपटक तिथि तय गरिन् ।

तर, उनले फेरि युरोपेली संघ (ईयू) को बैठकका कारण विवाह स्थगित गर्नुपर्ने जानकारी दिएकी छन् । यसअघि पनि उनको विवाहको तिथि कोभिड–१९ महामारीका कारण स्थगित हुँदै आएको थियो ।

फ्रेडरिक्सनले आफ्नो फेसबुकमा आफू र आफ्ना मंगेतर बो को तस्वीर पोस्ट गर्दै लेखेकी छन्– ‘म साँच्चै यस गजबको मानिससँग विवाह गर्न लालायित छु । तर, पक्कै पनि त्यो त्यति सजिलो छैन । हामीले जुलाइको एक शनिबार विवाह गर्ने योजना बनाएका थियौं ।

त्यही दिन ब्रसेल्समा ईयूको बैठकमा भाग लिनु छ । तर, मलाई डेनमार्कको हितका लागि काम गर्नुछ । त्यसैले हामीले योजाना परिवर्तन गर्नुपर्ने भएको छ ।

चाँडै नै अधीर भएर पर्खिरहेका बोसँग विवाह गर्नेछु ।’ १७ देखि १८ जुलाईमा आयोजना हुने युरोपेली परिषद्को बैठकमा ईयूका २७ वटा सदस्य राष्ट्रका प्रमुखले भाग लिँदै छन् ।