हाम्रा राजनेताहरुमा देश बदल्ने छवि छ त ? « Himal Post | Online News Revolution
Logo

हाम्रा राजनेताहरुमा देश बदल्ने छवि छ त ?



हरि थापा

प्राकृतिक रूपमा जति सभ्य पाउछोैँ नेपाल र नेपाली अार्टिफिसियल त्यति सभ्य छैनोै। हाम्रा इतिहास विश्वले अध्ययन गरिरहेको छ जसरी हामी विश्वको देशहरूको कालखण्डलाई मनन गर्छोै र पछुताउछोैँ ।हाम्रो देश चानचुने चाहिँ नसम्झे हुन्छ ठुला ठुला राष्ट्रभक्ति राष्ट्रनायक, देशप्रेमी लिडरहरु बस्ने देश हो । राष्ट्रनायक भन्ने गरेका प्रचण्ड,देउवा अथवा केपी बलि यी व्यक्तिको बुझाइमा यिनैको मनोकाङक्षा पुरा गर्न कोहिद्दारा चुनिएका बनाईएका नायकहरु हुन यस भन्दा अगाडीका नायकहरु पनि क्रमबद्द यस्तै पृष्टभुमीबाट नराम्रो सँग गुज्रिरहेका थिए भन्न कुनै अडकल काट्न कठिन हुदैन् ।तर यस्ता कुरालाई परास्त गर्दै अगाडी बढ्ने चाहिँ एक जना पनि देखिएनन् अक्सर त्यस्तो हुँदो हो त अहिले विकासले फड्को मारिसक्थ्यो विडम्बना नै यहीँ हो।

यी नायकहरु पनि अडकल गरेर समर्थन गर्दै बनाइएको हो वास्तवमा गहिरेर हेर्ने इतिहास खोतल्ने हो भने आफैलाई गिल्टी फिल भएर आउनु स्वभाविक छ,र चाहे भन्दा बढी अपेक्षा गर्नु आफैमा गलत साबित हुन्छ।

राष्ट्रनायक वा राष्ट्रवादि नेताको मापदण्ड के हो? कयोैँ वर्ष जेल जीवन गुजार्नु,आन्दोलनमा सशक्त भूमिका खेल्दै अगाडी बढ्नु अथवा लाठ्ठी चार्ज गर्नु वा नेपाल बाट अनाअावश्यक भारतमाथी अाक्रोस पोख्नु के हो राष्ट्रनायक र राष्ट्रवादि नेता?

नागरिक स्वत्तर पार्दै गोलीले भुटेरै आज सत्ताको बागडोर समाउदै जनतालाई अाश्वसन दिनु मात्र राष्ट्रनायक हो कस्तो पद हो यो जुन संसारका शक्तिशाली राष्ट्र विकासउन्मुख देशका प्रमुखहरुले पाउन सकेका छैनन् यस्ता पदहरु,जे जसरी तानतान प्रवृतिबाट शिर्षस्थानमा पुगेका तमाम नेतामाथी नागरिकको वितृष्णा जाग्नु नोैलो कुरा भने होइन यस्ता कुरा सहजै पचाउँन सक्ने खुवि चाँही हाम्रा नेताहरुका विकास भएको छ।

चाहे नेपालएकिकरण गर्ने पृथ्वीनारायण शाह हुन वा अन्य देश का कार्यकारी प्रमुख जसले आफ्नो कालखण्डमा अनअपेक्षित विकासको खोला बगाएर समृद्दिको बाढी लगाईदिएर सफल नाम विश्वभर कहलाउन सफल भएका छन् यस्ता समृद्दिका हस्तीहरुले पनि आफूलाई राष्ट्रभक्ति राष्ट्रनायक घोषणा गरेका छैनन् जुन हाम्रा राजनेताले अन्य दलको नेतालाई दलालको विल्ला भिराउदै आफू राष्ट्रप्रेमी भएको प्रमाणित गर्न खोज्छन,चोखोँ महसुस गर्छन् र बच्न खोज्छन आखिर त्यसको प्रमाण के छ कयोैँ वर्ष सात साल यताकै क्रान्तिमा हामफालेका अथवा छयालिस पछि निरन्तर देश बनाउन लागेका हाम्रा नेताको बचन पुरा भयो त? आखिर विकास समृद्दि रोक्ने तत्त्व स्वार्थ भन्दा बाहेक के छ?

हामीले अब विश्वका इतिहास मात्र पढ्ने हो !जसरी देश बदल्न लागि परेका यी विशिष्ट नेताहरूले आज विश्व प्रतिशपर्धामा आफूलाई उभ्याउन सफल भए नेपाल किन हुन सकेन नेपालीको कटाक्ष गर्ने बानी खुट्टा तान्ने प्रवृती मात्र पटक पटक मन्त्री प्रधानमन्त्री बन्ने यस्ता घटनाले विश्वप्रसिद्द होला अन्य विकास र समृद्दिको नाममा कडा जवाफ बाहेक अाक्रोस आरोप र प्रत्यारोप बाहेक सबै शून्य —

यदि राजनेताले चाँहदा के हुन्न भन्ने उदाहरण विश्व इतिहासले पनि दर्शाउदछ ।रसियाले एउटा असल परिवर्तन चाहने लिडर पिटर द ग्रेट (peter the great) पाएर एक जनाको ईच्छाशक्ति, अभ्यास र सशक्त प्रयासले रसिया विश्व विशाल भयो ।
एयटा असल लिडर अोटोभान विस्मार्क (otto von bismark) पाएर एक जना योग्य नेतृत्व कर्ता को योगदान बलबुद्दि ले आज जर्मन विश्वसामु शक्तिशाली राष्ट्रको रूपमा आफूलाई प्रस्तुत गर्न सफल भएको छ उनीहरूले यस बिचमा कयोैँ अवरोध को सामना गरेका होलान् तर पनि हल्ला गर्दै नेपाली शैलीमा चिच्याउदै हिडेनन् कहिल्यै आफ्नो देश राष्ट्रलाई अन्य राष्ट्रसँग तुलना गरेनन् यो इतिहासले स्पष्ट पारेको छ।

यस्तै अन्य धेरै राष्ट्रहरु छन् जुन राम्रो नेतृत्वकर्ता पाएकै कारण आज आफूलाई समृद्दिको पहिलो सूचीमा पार्न सफल भएका छन् ।यस्ता धेरै देशहरू छन् जो पत्याउनै नसक्ने गरी विकासको म्याराथुन जित्न सफल भएका छन्।यी देशहरू (क्विन सी ह्वाङ्दि(Qin Shi Huangdi) चाईना इतिहासकै महत्त्वपूर्ण सम्राट जसको कारण चिन महान् भयो विकासको कायापलट भयो ।

जर्ज वासिङ्टन (judge wasington) अाेरिककको लिडर जसको प्रयासले अमेरिका सयुक्त भयो जसको कारण विश्व शक्तिशाली हुनुुको साथै आर्थिक स्वतन्त्रता भयो ।नेल्सन मण्डेला जसको त्याग र बलिदानको कारण अफ्रिकाको नागरिकले उज्यालो,साथै स्वतन्त्रताको महसुस गर्न पाए ।ली कुआँ यु ( Lee quan yew) उहाँलाई इतिहासको सबैभन्दा लामो समय लिडर भएर उभिए जसको कारण सिंगापुर दक्षिण पूर्व एसिया मा सबै भन्दा समृद्ध राष्ट्र भयो। उनकै कारण सिङ्गापुर बिस वर्षमा तेस्रो विश्ववाट पहिलो विश्वमा प्रवेश गर्‍यो।

तर हाम्रा केपि १४ वर्ष जेल बसे,प्रचण्डले दश वर्षे जनयुद्द को सामना गरे शेर बहादुर अथवा अन्य जेताहरु क्रान्तिमा जुटिरहे यति लामो समय सम्म जसको प्रत्यक्ष लाभ अनुभूत जनताले के गर्न पाए?एक दुई तिन केही बुद्दा मा भन्न सक्ने सामर्थ्य छ ।निम्न स्थरका व्यक्तिले महसुस गर्न सक्ने खालका प्रत्यक्ष विकास तिन दशक यत्ता के भयो?

के राजतन्त्र फाल्नुलाई मात्र उपलब्धि को रूपमा लिएका छन्? हुन त यी सबै फगत कुरा हुन झैँ लाग्ला तर कम्तीमा तिन दशक यता देशले के पायो कर्णाली,अथवा दोलखा,सिन्धुपाल्चोक विकट ठाउँका व्यक्तिले के पाए? अनुभूत गर्ने मिल्ने नयाँ के भयो साथी साथीको झगडा अन्त्य हुनु दुनियाकै उपलब्धि हो र! विकास चाहिएको हो भने यस्ता भाकाहरु किन चाहियो ?त्यसैले मेरो प्रश्न पनि यही हो कि हाम्रा नेताको छवि कोर्न अब टाढा जानुपर्दैन मिठास बोल्न र अाश्वसन दिनमा पक्कै पनि नेपाल विश्वमा टप स्थानमा पर्छ जहाँ कुनै पनि राष्ट्रका प्रमुखहरुले यसरी विकासको गीत मात्र गाएको देखेको छैन उनीहरू काममा विश्वास गर्छन् र काम गरेर देखाउँछन ।

चाहे २००७ सालको क्रान्ति २०४६को क्रान्ति २०६२/२०६३ को जनअान्दोलन पटकपटक नागरिहरुले रगतको खोला बगाएका छन् र यी परिवर्तन हरुमा तिनै सच्चा राष्ट्रभक्ति,राष्ट्रप्रेमी ईमान्दार कर्मनिष्ट व्यक्तिको रगत पोतिएको छ म उनीहरूलाई राष्ट्रनायक को दर्जाले हेर्छु ।जसले देशका निमित परिवार घर नावालक छोराछोरी,श्रीमती नभनी यो देशको हितको लागि विरगति प्राप्त गरेका छन् सहिद भएका छन् ती हुन यो देशका राष्ट्रनायक—–

हिसाब किताब गरेर मान्छे उडाएको भरमा आफूलाई देशप्रेमी राष्ट्रप्रेमी,राष्ट्रनायकको रूपमा आफूलाई अगाडी सार्नु आफैमा अन्यायपुर्ण देखिन्छ जसले आजसम्म कुनै पनि राष्ट्रनायकको भूमिका देखाउन सकेका छैनन् ।विभिन्न स्वार्थको बावजुत अांशिक काम पुराभएका छन् त्यो पनि पुर्णरुपमा स्वार्थमा भएका हुन ।

यो देशका कहलिएका राष्ट्रनायक भन्नेहरुको छवि प्रस्ट चिन्न सकिन्छ जसले आफ्ना साना तिना स्वार्थको लागि राष्ट्रिय स्थार्थ पछाडि पारिदिन्छन र संयोगवस नचाहदा नचाहदै पनि केही काम भईदिन्छ सयोैँमा कुनै एक काम मात्र भए पनि विकासको हाहाकार भएका जनताहरू ,कुनै सानो काम मात्र भए पनि सन्तुष्ट हुनुपर्ने हुन्छ विकासको नाममा आजसम्म कहिकतै सिन्का भाचिएको छैन।

अंकगणितिय दोैडमा जाने हो भने पनि एक जना मारेर दश जना बचाउनु जायज हो तर यहाँ दश जना मारेर एक जना बचाउने प्रवृतिको तीव्र विकास भएको छ जसको कारण कयोैँ मारमा पर्ने एक जना मोजमस्ती गर्ने श्रृङखला क्रमबद्द चल्दै आएको छ। के यो रोक्न सक्ने सामर्थ्य राख्ने मात्र एक जना महान् नेता कोही छन्?