देश विकास नहुनको प्रमुख कारक तत्त्व नै नेपालमा धेरै राजनीतिक पार्टीहरू हुनु हो। - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देश विकास नहुनको प्रमुख कारक तत्त्व नै नेपालमा धेरै राजनीतिक पार्टीहरू हुनु हो।



कर्ण अधिकारी।

३० वर्षीय पंञ्चायती व्यवस्थाको अन्त्य सँगै बहुदलीय व्यवस्थाको नीति र धारणा अनरूप नेपालमा राजनीति पार्टीहरू च्याउ सरी नै उम्रिए।जो सँग पैसा र २/४ हजार मान्छे हुन्थ्यो तिनीहरूका लागि राजनीति पार्टी निर्वाचन आयोगमा दर्ता गराउनु बाँया हातको खेल सरह नै थियो।जनता र देशको हितमा भन्दा पनि पार्टी र व्यक्तिको हितका लागि राजनीतिक पार्टीहरू तछाड मछाड गर्न थाले।राता रात देशको सिमाना मिचिएको,सिमानाका नागरिकहरू माथि भारतका पुलिसको दमन,अत्याचार र दूर दराजका जनताहरू रोग,शोक र भोकमा तड्पीएको कुनै पनि राजनीतिक दलहरूले देखेनन् देखेर पनि मुकदर्शक बनी रहे।

विकासका नाममा ठुला ठुला भ्रष्ट्राचारहरू भए।भ्रष्ट्राचारीहरूलाई कानुनी कठघरमा उभ्याउनका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान नै धुरमुरमा पारे।अख्तियार पनि ठुला भ्रष्ट्राचारीलाई कार्बाही गर्नु भन्दा पनि तल्लो तहका कर्मचारीमा नै सीमित देखियो।जनतालाई कहीँ कतैबाट राहत मिलेन।जुन आशा र भरोसा लिएर २०४६ सालको आन्दोलनमा होमिएकाहरू निरस जिन्दगी जिउन विवश छन्।परिवर्तन र विकासका नाममा थुप्रै आन्दोलन भए।सयौले बीरगति प्राप्त गरे तर व्यवस्था फेरीयो समय फेरीयो तर ती व्यवस्था हाक्नेहरूको बिचार र भावना कहिले फेरीएन।

२०५२ देखि ६२/६३ सम्म भीषण माओवादी जनयुद्ध भयो जसको परिणाम १७ हजारले जीवन गुमाउनु पर्‍यो भने लाखौँ नेपाली घर बार बिहिन भए।आफ्नै देशमा १० वर्ष सम्म शरणार्थी जीवन जिउनु पर्‍यो।देशको भौतिक संरचना तहस नहस भए।माओवादीले जातीय द्वन्दको आगो सल्काई दिए।जुन उद्देश्य लिएर माओवादी जन्मिएको थियो तर आज त्यस उदेश्यको विपरीत धारमा माओवादी हिडि रहेको छ।सुन्दै छु ४०% स्थान दिए माओवादी एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावी मैदानमा जाने रे।आखिर यस्तो अवस्था सृजित हुनु नै राजनीतिक दलहरू कारक तत्त्व हुन।

२८ वर्षको दौडानमा जे देखियो जे भोगियो त्यो बिलकुल देश र जनताको हितमा थिएन।यति सानो मुलुकमा ६०१ जना सांसद सभासद् बनाउनु देशको हितमा थिएन।अब २६ वर्ष पछि देश हाक्नेहरूमा बुद्धि पलाएर नेपालको राजनीतिक पार्टीहरूलाई ३% थ्रेस होल्ड लगाउने नीति लिएको छ यो पक्कै पनि देश र जनताको हितमा छ।अब च्याउ सरी उम्रिएका राजनीति पार्टीहरूमा एकाएक लगाम लाग्ने छ जुन स्थानीय निकायको चुनावको परिणामले देखाई सकेको छ।अब कुन पार्टी कुन सँग गाभिने हो भन्ने चर्चा राजनीति बृत चित्रमा सुनिदै छ।आशा गरौँ आउँदा दिनहरूमा अझै भनौ प्रदेश र प्रतिनिधि सभाको चुनाव पश्चात् नै नेपालमा ४/५ पार्टी मात्र रहेको देख्न पाउँ भन्ने नेपाली जनताको कामना हो।