कमाउन देश बाहिर जानु पर्दैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कमाउन देश बाहिर जानु पर्दैन



  • डा. रवीन्द्र समीर

नेपालमा कमाउने वातावरण छ । आफ्नो देश, समाज तथा परिवारसंग टाढा रहेर जीवन धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ । ब्यबसाय सानो लगानीबाट सुरु गर्न सकिन्छ ।

  • प्याज १५० रु किलो छ, गोलभेंडा १२० रु किलो, काउली १२० रु किलो ….. यस्तै धनियाँदेखि सबै हरिया तरकारी बर्षको अरबौं रुपियाँको बाहिरबाट आउँछ । आफ्नो जग्गामा वा लिजमा लिएर ठूलो परिणाममा खेती गर्ने हो भने महिनाको लाख कमाउन गाह्रो छैन ।
  • दुर्गमका फलफुल लगायतका खाद्य पदार्थ त्यहीं कुहिने अवस्था थियो । अहिले सबै जिल्लामा सडक पुगेको छ । ती खाध्य पदार्थ काठमाडौं लगायतका सहरमा पुर्याउन सजिलो छ । यसबाट पनि लाखौँ कमाउन सकिन्छ ।
  • कुखुरा, खसी, बंगुर, टर्की, बट्टाई, हाँस आदि पालन गर्ने हो भने ठाउँका ठाउँ बिक्रि हुन्छ ।
  • गाईभैंसी तथा बाख्रा पालनबाट दुध तथा दुधबाट बन्ने पदार्थको ठूलो बजार छ ।
  • अदुवा, लसुन, हलेदो, धनिया, जीरा, खुर्सानी लगायतका नगदेबालीबाट आउने नगद सानो हुनेछैन ।
  • प्लम्बिंग, वायारिंग, कलरिंग, कार्पेन्टरी सिक्ने हो भने विदेशको कमाईमा आँखा लाग्दैन ।
  • ३-४ महिना तालिम गरेर मोबाइल, घडी आदि मर्मत गर्न सिक्ने हो भने बसीबसी लाखौँ कमाउन सकिन्छ ।
  • सानादेखि ठूला रेस्टुरेन्ट जहाँ पनि काइदाले चल्छन ।
  • कोदो, फलफुल आदिको प्योर रक्सिको ब्यापार अपार छ ।
  • चाइनिज कपडा तथा सामानको सानो व्यापारले ठूला ब्यबसायी हुने अवस्था टाढा हुँदैन ।
  • गाउँका खाद्धान् जस्तै मकै, कोदो, तोरीको तेल, फापर, गौ तथा जौको पिठो, तराइका चामल, दाल आदि सहरमा ल्याएर बेच्ने हो भने राम्रो फाइदा छ ।
  • जडिबुटीको व्यापारले धेरै मान्छे करोडपति भएका छन् ।
  • रेशम किरा, माहुरी पालनले मान्छेको जीवन कायापलट भएको छ ।
  • पानीपुरी, चटपटे बेच्नेले दैनिक १२-१५ सय कमाएका छन् ।
  • पहाड तथा तराइका जमिन बाँझा छन् । उत्पादनमुलक ठाउमा अंधियामा खेती गरेपनि कमाउन सकिन्छ ।
  • कागती, निम्बु, जुनार, नासपाती, ओखर, एभाकाड़ो, भुइं स्याउ, किवी, कालो चामल, खैरो चामल आदि खेती गर्ने वा यताको उता लगेर बेच्ने हो भने लाख घटिका कुरा गर्नु पर्दैन ।
    यी त केहि उदाहरण भए । यस्ता हजारौं काम छन् जसले तपाइंलाई आफ्नै देशमा बसेर विदेश सोंच्ने फुर्सद हुनेछैन ।

जागिर नगर्ने, आफै खटेर काम गर्ने, काम सानो ठूलो हुँदैन भन्ने तथ्य आत्मसात गर्ने, खटेर काम गर्ने, राजनीतिका नभएर व्यवसायका गफ गर्ने हो भने आफ्नो परिवारसंग बसेर आनन्दले प्रगति गर्न सकिन्छ ।
………..डा. रवीन्द्र समीर