देश सङ्कटमा भएको बेला सहयोगी हात अगाडी बढाउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देश सङ्कटमा भएको बेला सहयोगी हात अगाडी बढाउ



नेपालमा केहीदिन देखिको अविरल वर्षाका कारण तराई र मध्य पहाडी क्षेत्रका कैयौँ स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरूमा यातायात, विद्युत् तथा सञ्चार सम्पर्क प्रभावित भएको छ ।

भारी मनसुनी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट १५ भन्दा बढी जिल्ला प्रभावित भएको र हालसम्म ११ जिल्लामा कम्तीमा ४७ जना भन्दा माथिको मृत्य भएको १०० भन्दा माथि बेपत्ता भएको ख़बर छ।

देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षति भएको छ! हाम्रो देश दुःखत पीड़ामा अवस्थामा भएको बेला देश – विदेश रहनु हुने सङ्ग संस्था , सङ्गठन , बुद्धिजीवी लगायत आदरणीय प्रवासी नेपाली जनसमुदायले आर्थिक, नैतिक ,भौतिक रूपमा सहयोगलाई गर्न विशेष अनुरोध गर्छु ।

तपाईलेहरुले सहयोग गर्ने विशेष आर्थिक सहयोग आफ्नो देशको नेपाली दूतावास , प्रधानमंत्री कार्यालय मार्फत सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

अन्तमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय निधनको खबरले म अत्यन्तै दु:खी एवम् मर्माहित भएका छौ । दु:खको यस घडीमा मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिबारजन प्रति समबेदना प्रकट गर्दछु ।
आरबी खड्का भारत
आम नागरिक