‘देश होइन सोचाइ गरिब’ हो नेपाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘देश होइन सोचाइ गरिब’ हो नेपाल



हिमाल पोष्ट / धादिङ, १० मङ्सिर । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले नेपाल गरिब देश नभई नेपालीको सोच गरिब भएको बताउनुभएको छ ।

एक्सन नेपाल धादिङको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै नेत्री डा देउवाले नेपालमा स्रोतसाधनको सदुपयोग गर्न सके मुलुक समृद्धशाली हुने बताउनुभयो । पुरुषको सहभागिताबिना पनि सामाजिक विकासमा महिलाले योगदान पु¥याउन सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, हेफर इन्टरनेसनलका निर्देशक तीर्थ रेग्मी लगायतले समाजिक विकासका लागि गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

एक्सन नेपालले १८ वर्षदेखि जिल्लामा पोषण, जीविकोपार्जन र खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्दै आइरहेको छ । रासस