देशको अवस्था जटिल बन्दैः नेता आचार्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देशको अवस्था जटिल बन्दैः नेता आचार्य



हिमाल पोष्ट / भोजपुर, १९ भोजपुर । नेकपा (एमाले)का सचिव भीम आचार्यले सरकारको कारण देशको अवस्था जटिल बन्दै गएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल भोजपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अरुको इसारामा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै उक्त प्रस्ताव कुनै हालतमा मान्य नहुने बताउनुभयो ।

सरकारले चुनाव नगर्ने खेल खेलेको भन्दै उहाँले तत्काल चुनावको मिति घोषणा गर्न माग गर्नुभयो । मधेसी मोर्चाले उठाएका माग संविधानमा सम्बोधन भइसकेको भन्दै उहाँले संविधान संशोधनको पक्षमा तराईका जनता नै नभएको बताउनुभयो ।

फरक प्रसङ्गमा सचिव आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको एमालेले समर्थन गर्ने बताउनुभयो । रासस