प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता



काठमाडौं, भदौ ११ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवासँग शनिबार साँझ बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवा शनिबार साँझ नै आन्ध्र प्रदेशबाट बिहार पुगेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।