देउवाको क्षेत्रमा कांग्रेसलाई कांग्रेस बीपीले उछिन्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

देउवाको क्षेत्रमा कांग्रेसलाई कांग्रेस बीपीले उछिन्यो



प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडामा नेपाली कांग्रेस बीपीले अग्रता लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस बीपीले नेपाली कांग्रेसलाई पछाडि पारेको छ । पछिल्लो परिणाम अनुसार कांग्रेस बीपीका उम्मेदवार वडाध्यक्षमा ५ मतले अगाडि छन् ।

६०० मत गणना हुँदा कांग्रेस बीपीले २ सय ५१ मत ल्याएर अग्रता लिँदा कांग्रेस २ सय ४६ मतका साथ दोस्रो स्थानमा छ ।

नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । यहाँ नेपाली कांग्रेस बीपीसँग एमालेले तालमेल गरेको छ ।