प्रधानमन्त्रीद्वारा देउवाले दिए मतदातालाई धन्यवाद - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

प्रधानमन्त्रीद्वारा देउवाले दिए मतदातालाई धन्यवाद



काठमाडौं-

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । 

पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री देउवा निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिएका छन् ।

देउवाले संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।