देउवाले धोका दिएपछि कांग्रेसमा गम्भीर लफडा सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवाले धोका दिएपछि कांग्रेसमा गम्भीर लफडा सुरु



काठमाडौँ – नेपाली कांग्रेसमा फेरि लफडा सुरू भएको छ । सभापति शेरबहादुर देउवाले धोका दिएपछि गम्भीर लफडा सुरु भएको छ ।

देउवाले नयाँ बनाउने तीन मन्त्रीको नाम मागेर दुई जनालाई मात्रै मन्त्री बनाएपछि शेखर-गगन समूह असन्तुष्ट बनेको छ । मन्त्रिपरिषद् विस्तारमा भएको सहमति पार्टी सभापति देउवाले कार्यान्वयन गरेनन् उल्टै तीन जनाको नाम मागेर दुई जनालाई मात्रै मन्त्री बनाए ।

इतर समूहका नेता डा. शेखर कोइराला सभापति देउवाले आफूलाई धोका दिएको निष्कर्षमा पुगेका छन् । यसविषयमा आफ्नो समूहका नेताहरूसँग अनौपचारिक रूपमा संवादसमेत गरिरहेको बुझिएको छ ।

बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा आफूले दिएका तीन जनाको नाम मध्ये दुई मात्रै मन्त्री बनेपछि शेखर-गगन समूह फायर बनेको छ । नेताहरूले फरक निर्णयमा पुग्ने की के गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको एक नेताले बताए ।

शेखर समूहलाई कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, खानेपानी मन्त्री र एक राज्यमन्त्री दिने सहमति देउवाले गरेका थिए । कोइरालाले देउवालाई तीन मन्त्री र एक राज्य मन्त्रीको नाम पनि दिएका थिए । तर देउवाले नामै काटेर दुई जनालाई मात्रै मन्त्री बनाए ।

मन्त्रीको मात्रै नाम दिनुस् भनेका देउवाले एकाएक दुई जनालाई मात्र मन्त्री बनाए । मन्त्रिपरिषद विस्तार भएर आउँदा भने शेखर पक्षका दुई मात्रै मन्त्री बने ।

यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभापति देउवालाइ टेलिफोन गरेर शेखरले असन्तुष्टि जनाइसकेका छन् । देउवाले अनावस्यक पेलेको भन्दै मन्त्री पठाउने-नपठाउने निर्णय गर्न नेताहरूले छलफल गरिरहेको बुझिएको छ ।