देउबालाई अर्को झट्का, संस्थापन पक्षका नेता आक्रोशित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देउबालाई अर्को झट्का, संस्थापन पक्षका नेता आक्रोशित



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अर्को झट्का लागेको छ । प्रदेश १ संसदीय दलको नेताका लागि उम्मेदवार बनेका देउवा निकट अमृत अर्यालले दुई मत मात्र पाएका छन् ।

उनको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ्ग र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ्ग थिए । ति मध्ये एकजनाले मत नदिएको पुष्टि भएको छ । अर्यालले एउटा आफ्नो र एउटा अर्को मत मात्रै पाएका छन् ।

मोरङ ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्न्त्रीको रुपमा हेरिएको थियो । तर उनलाई उद्धब थापाले पराजित गरेका छन् ।

अर्याल भन्दा अघि केदार कार्की रहे । कार्कीले नौ मत प्राप्त गरे । अर्यालको हारपछि संस्थापन पक्षका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । तीमध्ये ११ जना देउवा पक्षका थिए । सिटौला पक्षमा ९ र कोइराला पक्षमा ९ जना सांसद थिए । सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा कोइराला पक्षका कार्कीले नौ मत ल्याएका थिए ।

२०७० सालको निर्वाचित संविधानसभा सदस्य अर्याललाई देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित प्रदेशमा पठाएका थिए । देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको गुनासो छ ।