पार्टीभित्रैबाट मागियो देउवाको राजीनामा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पार्टीभित्रैबाट मागियो देउवाको राजीनामा



पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अडान नछाड्दा संघ र प्रदेशमा कांग्रेस प्रतिपक्षीमा सीमित हुनुपर्ने अजस्था आएपछि उनले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ ।

कांग्रेस नेता गुरुराज घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले पहिला गठबन्धन गलत हो भन्दा जबरजस्ती किन गरेको र अहिले किन जोगाउन नसकेको भन्दै भजनमण्डलीहरू यसको जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ने का सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ।राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ।’