BREAKING: प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट, अवस्था तनावग्रस्त - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

BREAKING: प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट, अवस्था तनावग्रस्त



काठमाडौँ ।

कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ ।

बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण गरिरहेका बेला उक्त बिस्पोट भएको त्यहाँबाट इमान्दार मिडिया सहकर्मी अनिस बुढाले बताएका छन् ।

बिस्पोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बिस्पोट कसले र किन गराएको भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । कालिकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधनमन्त्री देउवा बिहानै कोटबाडा पुगेका हुन् ।बम बिस्पोटबाट के-कति क्षति भयो भन्नेबारे थप विवरण आउन बाकि छ । प्रधानमन्त्री देउवा शकुसल छन् ।

बिस्पोटलगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीयहरु त्रसित बन्दै घरतर्फ लागेका छन् ।