देउवा समूहमा हात हालाहाल भएको विषय ढाकछोप गर्दै नेताहरू - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देउवा समूहमा हात हालाहाल भएको विषय ढाकछोप गर्दै नेताहरू



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा लफडा भएपछि नेताहरू ढाकछोप गर्न लागिपरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतबीच केहीदिन अगाडी भएको हात हालाहालको अवस्था बनेको विषय सार्वजनिक भएपछि नेताहरू ढाकछोपमा लागेका छन् ।

गठबन्धनको विषयलाई लिएर डा. प्रकाशशरण महतले पूर्णबहादुर खड्कालाईहातपात गर्न कोसिस गरेको सार्वजनिक भएको थियो । यो विषयले देउवा समूहभित्र गम्भीर असन्तुष्टि बढेपछि यालाई ढाकछो गर्न नेताहरूले अनेक प्रयास गरिरहेका छन् ।

यसै विषयमा नेता खड्काले प्रष्टिकरण दिएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा महत र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् ।

शनिबार उनले ट्वीटरमार्फत आफूहरूबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको बताए । खड्काले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’