कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेखर पक्ष बिद्रोहको तयारीमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेखर पक्ष बिद्रोहको तयारीमा



काठमाडौँ- नेपाली कांग्रेसले आब्हान गरेको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् ।

मंगलबारदेखि काठमाडौँमा सुरु हुने बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन् ।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको देखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक विद्रोह’ गर्ने जनाएका थिए । महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

मंगलबारदेखि सुरु हुने बैठकमा सरकार सञ्चालनदेखि अन्य विषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक विद्रोह’ गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन् ।