उपेन्द्र यादव र माधव नेपालसँग देउवाको गोप्य छलफल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

उपेन्द्र यादव र माधव नेपालसँग देउवाको गोप्य छलफल



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गोप्य छलफल गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो । छलफलमा के कुरा भयो भन्ने गोप्य राखिएको छ । छलफलका बारेमा जसपाका अध्यक्ष यादवले पनि केही भन्न चाहेनन् ।

“सामान्य छलफल भएको हो, अहिले छलफलका बारेमा केही भन्न मिल्दैन,” यादवले भने ।

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । त्यसअघि देउवाले छलफललाई तीव्रता दिएका हुन् ।