मानार्थ विद्यावारिधिको उपाधिबाट देउवा सम्मानित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मानार्थ विद्यावारिधिको उपाधिबाट देउवा सम्मानित



काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ ।

नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुनुहुन्छ । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसक्नुभएको छ ।

सभापति देउवालाई नेहरु विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले विज्ञप्तिमार्फत आज धन्यवाद व्यक्त गरेको छ । रासस