देउसी भैलोबाट संकलित रकम अपाङ्ग आश्रममा सहयोग - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

देउसी भैलोबाट संकलित रकम अपाङ्ग आश्रममा सहयोग



विशाल पाण्डेय / बुटवल ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपालको एरिया ४ अन्तरगत पर्ने लियो क्लब अफ बुटवल मणिमुकुन्दले देउसी भैलोबाट संकलन गरिएको रकम अपाङ्ग आश्रममा सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सोमबार बुटवल उपमहानगरपालिका -१३ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा लत्ताकपडा ,खाद्यान्न , बाल्टी ,जग , तेल लगायतका अन्य सामाग्रीहरु सहयोग गरेको हो ।

लियो क्लब अफ मणिमुकुन्दका अध्यक्ष लियो प्रवेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती लियो जिल्ला परिषद ३२५ बि २ नेपाल, का जिल्ला उपाध्यक्ष लियो सरोज कंडेल रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै कंडेलले दिपावलिको अवसरमा देउसी भैलो खेली संकलन गरिएको रकमले बनभोज , खानपिन तथा रमाइलो कार्यमा खर्च नगरी आश्रममा सहयोग गरिएकोमा क्लबलाई धन्यवाद दिए । साथै प्रमुख अथिती कंडेलले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा अग्रसर रहन आग्रह गरे ।

कार्यक्रमको संयोजक तथा क्लबका संस्थापक अध्यक्ष अब्दुल साजिदको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ को एरिया -४ का एरिया कोर्डिनेटर सुदिप बेलवासे, रिजन ९ का कोर्डिनेटर मदन थापा तथा नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन लियो क्लब अफ मणिमुकुन्दका सचिव राहुल कसौधनले गरेका थिए । लियो क्लब अफ मणिमुकुन्दले बुटवल तथा आसपासका क्षेत्रहरुमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । बुटवल उपमहानगरपालिका -१३ प्रगतिनगरमा रहेको उक्त अपाङ्ग
आश्रममा बालबालिका तथा अन्य गरि ३० जना रहेका छन ।