लोकतन्त्र बिरोधिको अर्को नाम कम्युनिष्ट हो : देउवा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोकतन्त्र बिरोधिको अर्को नाम कम्युनिष्ट हो : देउवा



 ताप्लेजुङ-

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बिरोधि यदि कोहि छ भने त्यो कम्युनिष्ट भएको बताएका छन ।ताप्लेजुङमा कांग्रेसको चुनावी अभियान सुरु गर्दै देउवाले यस्तो बताएका हुन् ।

वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएकाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उनले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको दाबी गरे ।

ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस भन्नु र लोकतन्त्र भन्नु एउटै भएको दाबी गरे । ‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न-लेख्न पाउने र डरत्रासको शासन हुँदैन’ उनले भने, ‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ।’

एमाले र माओवादीको गठबन्धन प्रजातन्त्र कमजोर गर्ने षड्यन्त्र गरेका भएको उनले बताए । देउवाले भने, ‘ जनतालाई दास बनाउन खोजेका छन् । कम्युनिष्ट शासन आयो भने डर त्रासको शासन हुनेछ । बोल्न लेख्न पाइँदैन ।’

पार्टीका उम्मेदवारलाई भोट माग्दै देउवाले कांग्रेस जिते मात्र लोकतन्त्र बलियो हुने दाबी गरे ।