कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।

घटनाका सम्बन्धमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको बताइएको छ । सभापति देउवानिवासमा शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने बताइएको छ ।

गृहजिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी तीन घन्टा नियन्त्रणमा राखेको थियो ।

साँझ कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका थिए ।

नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने बताएका थिए ।