चर्को आलोचना भएपछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्को आलोचना भएपछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार



काठमाडौं- नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा हतियार खरिद गर्ने प्रक्रिया रोकिएको अर्थ स्रोतले जानकारी दिएको छ ।

सरकारले बजेट रकमान्तर गरेर नेपाल प्रहरीको लागि ८४ करोडको हतियार खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । देश आर्थिक संकटबाट गुज्रिरहेको बेला हतियार खरिद गर्न लागिएको भन्दै सर्वत्र आलोचना भएपछी सरकार पछी हटेको हो । प्रहरीलाई अहिले हतियार भन्दा पूर्वाधार र प्रविधियुक्त बनाउनुपर्नेमा धेरैको जोड थियोे ।

हतियार खरिदको योजना स्थगित गर्ने निर्देशन आएको छ । अव यो प्रक्रिया तत्काल अघि बढ्दैन ।’ गृह स्रोतले भन्यो ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीबाट राजीनामा दिनुअघि हतियार खरिदको लागि रकमान्तर गरेको भन्दै उनको समेत आलोचना भएको थियो । जवकी स्थानिय निर्वाचनमा प्रहरीले हतियार खरिदका लागि बजेट माग गर्दा अर्थले बजेट दिन मानेको थिएन ।

गृहमन्त्रालयको यसपटक १ अर्ब ३५ करोडको हतियार खरिद गर्ने योजना थियो । त्यसमध्ये पहिलो चरणमा ८४ करोडकोे खरिद गर्ने र बांकी दोस्रो चरणमा खरिद गर्ने योजना थियो । धेरैले हतियार आवश्यक नभएको भन्दै आलोचना गर्दा प्रहरीले भने हतियार आवश्यक भएको प्रष्टिकरण दिएको थियो ।

सरकारले प्रहरीको लागि इटालीको बेर्रटा कम्पनीले उत्पादन गरेका १ हजार १ सय ५० थान सटगन, १ हजार थान पेस्तोल, २५ हजार ग्यास सेल र गोली किन्ने तयारी गरेको थियो । हतियार खरिदमा मूल्य बढी प्रस्ताव भएको भन्दै विवाद भएपछी सरकार उक्त निर्णयबाट पछी हटेको हो ।