प्रचण्डलाई भेट्न खुमलटार पुगे देउवा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डलाई भेट्न खुमलटार पुगे देउवा



काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।

देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ । एमसीसीका कारण सत्ता गठबन्धन धरमरमा परेको चर्चाबीच प्रधानमन्त्री स्वयं प्रचण्डलाई भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा बुधबार बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । स्रोतका अनुसार एमसीसी पास गर्नैपर्ने दवावमा अहेका देउवा प्रचण्डलाई थप दवाव दिन त्यहाँ पुगेको बताइएको छ ।