सभापति देउवा बिमलेन्द्र निधिबिच झन्डै कुटाकुट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सभापति देउवा बिमलेन्द्र निधिबिच झन्डै कुटाकुट



काठमाडौं- अंगीकृत नागरिकता विधेयक काण्डले नेपाली कांग्रेस पार्टीमा पनि समीकरण बदलिएको दृश्य देखिएको छ । लामो समयदेखि सभापति देउवाको दाहिने हातक रूपमा चिनिएका पार्टी उपसभापति समेत रहेका विमलेन्द्र निधिले साथ छोडेका छन् ।

नागरिकता विधेयकमा निधिको प्रस्तावविपरित देउवाले पार्टीमा माहोल बनाएको भन्दै निधि पार्टी सभापतिविरुद्ध उत्रिएका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली पुरुषसँग विवाह गरेर आएका महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विधेयक पारित गरिसकेको छ। यो विधेयकमा सबैभन्दा विवाद भने नेपालेई कांग्रेसमा देखिएको छ ।

कांग्रेसका केही नेताहरूले अंगीकृत नागरिकता वितरणमा समयसीमा नै राख्न नहुने बताइरहेका थिए‌। सभापति शेरबहादुर देउवाले केही दिनअघि आफ्नै निवास बुढानीलकण्ठमा कांग्रेसका नेताहरु गगन थापा, दिलेन्द्र बडू लगायतसँग नागरिकता विधेयकबारे छलफल गरेका थिए। सो दिन भएको छलफलमा राखिएको धारणाभन्दा ठ्याक्कै विपरीत हुनेगरी देउवाले ट्वीट गरे।

देउवाले ट्वीटरमा लेखेका थिए, ‘महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ, हाम्रो संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गरेको छ, छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।’

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ७ घण्टा भन्दा धेरै समय छलफलमा जुटेका थिए। छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार त्यहाँ पार्टी उपसभापति निधि देउवामाथि जंगिएका थिए । देउवासँगै केही केन्द्रीय सदस्यहरुले यो विधेयकमा राष्ट्रिय सहमति हुनुपर्ने जोड दिएपनि विमलेन्द्र हाबी हुँदा बैठकले नागरिकता विधेयक फिर्ता हुनुपर्ने निचोड निकालेको थियो । निधिले देउवालाई हकार्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पनि उनलाई साथ दिएका थिए।

बैठकमा देउवाका अत्यन्तै नजिक मानिएका उपसभापति निधिले देउवालाई बोल्ने दिएनन । दुई पटक त देउवालाई चुप लाग्नुस् समेत भनेका थिए निधिले । देउवाको ‘काउण्टर’मा निधि जाइलागेक थिए निधि ।​​

त्यसपछि देउवा र निधि छुट्टै कोठामा छलफलका लागि गएका थिए । देउवा र निधिको घम्साघम्सी छुट्टै कोठामा पनि निकै बेर भयो । दुई नेताबीच भएको झगडाले उग्र रुप लिन थालेपछि केहि केन्द्रीय सदस्य छुट्टै कोठामा पुगेर मिलाएका थिए । दुई नेताको छलफल यतिसम्म चर्काचर्की भयो कि अरु गएर हस्तक्षेप नै गर्नुपर्‍यो एक नेताले बताए । एक नेताका अनुसार देउवा र निधिबिच झन्डै कुटाकुटको अवस्था आएको थियो ।

उपसभापति निधिले चर्काचार्कीकै क्रममा महाधिवेशनमा तपाईंलाई देखाइदिन्छु पख्नुस समेत भनेका थिए । यसअघि यस्तो रूपमा निधिलाई नदेखेका नेताहरू हेरेको हेर्यै भएका थिए । एक नेताका अनुसार अहिले सम्म यसरी देउवालाई कसैले धम्क्याएको थिएन ।

बैठक चलिरहेकै बेला देउवासंग झोक्किंदै निधिले दुई पटकसम्म झोला बोकेर निस्किन लागेका थिए । उनलाई केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले रोकेका थिए। त्यसपछि बैठकमा बसेका निधिले आफूले भने जसरी नै बैठकमै कुरा टुङ्ग्याउन चाहेको, तर त्यसो नभएको स्रोतले जानकारी दियो।

सभापति देउवाले मंगलबारको बैठकमा अर्को दिन बैठक डाक्न पार्टी मुख्यसचिव पौडेललाई निर्देशन दिएपछि निधि झन् आक्रोशित बनेका थिए । यो अवस्था देखेर नेताहरूले सजिलै लख काटेका थिए निधिले देउवाको साथ् छोडे ।