मध्यरातमा देउवाले गरे संशोधन प्रस्ताव कांग्रेसकै कारण रोकिएको संकेत - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मध्यरातमा देउवाले गरे संशोधन प्रस्ताव कांग्रेसकै कारण रोकिएको संकेत



काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मध्ये रातमा ट्विट गर्दै संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण रोकिएको संकेत गरेका छन् ।

उनले मिडियामा आएका समाचार तथा हल्लाको भ्रममा नपर्न आग्रह गर्दै संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् ।

मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसक नेताहरूले संशोधन प्रस्ताव केन्द्रीय समितिको बैठक डाकेर संस्थागत निर्णय गर्ने बताएका थिए ।

मध्यरातमा गरिएको ट्विटमा, नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न देउवाले भनेका छन् ।

बुधबार अबेर राति ट्विट गर्दै देउवाले नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन् । उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् ।

देउवाले ट्विटमा भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन् ।’

संशोधन प्रस्ताव कहाँबाट कसरी रोकियो भन्नेबारे सामाजिक संजालमा चर्को बहस चलिरहेका बेला देउवाले यस्तो ट्वीट गरेका हुन् । केन्द्रीय कमिटी बैठकबाट नै संस्थागत निर्णय गर्ने भनिएपछि यसबारेको केहि भ्रम तोडिएको छ ।

यसअघि कांग्रेस नेता गगन थापाले केन्द्रीय कमिटी बैठक तत्काल बोलाएर निर्णय गर्न सभापति देउवालाई आग्रह गरिसकेका छन् ।