सरकार ढाल्न देउवासँग सङ्ख्या नपुगेपछि... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार ढाल्न देउवासँग सङ्ख्या नपुगेपछि…



काठमाडौँ- प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प दिनका लागि आफूहरूसँग संख्या नपुगेको बताएका छन् ।

कोभिड-१९ सम्बन्धि पार्टीको धारणा र सरकारको ध्यानाकर्षण गराउनका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न आफूहरूसँग संख्या नपुग्ने बताएका हुन् ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन आयोजना गरेर देउवाले भने, ‘अबको निकासका लागि हामीसँग संख्या पुग्दैन ।’ उनले जनता समाजवादी पार्टीका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको बताए । देउवाले जसपासँग पनि आफ्नो कुरा भइरहेको र सबै कुरा भन्न नसकिने पनि धारणा राखे । उनले कांग्रेस र मा‌ओवादी मिल्दा मात्रै वैकल्पिक सरकार गठनका लागि संख्या नपुग्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय समितिले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको उल्लेख गर्दै देउवाले भने, ‘संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन प्रधानमन्त्री हुन्छु भन्ने चाहेर हुन्छ त ?’ अविश्वास प्रस्ताव पास गर्नका लागि दर्ता गर्ने र फेल गर्नका लागि नगर्ने उनको भनाइ थियो ।

अविश्वास प्रस्ताव ल्याएर फेल भएमा अर्को एक वर्षसम्म अर्को अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले संख्या पुगेपछि कदम चाल्ने उनको भनाइ थियो ।