आफ्नै निवासमा नेताहरू बोलाएर झन्डै रोएनन् देउवा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आफ्नै निवासमा नेताहरू बोलाएर झन्डै रोएनन् देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीभित्रै संकटमा परेको निष्कर्षमा पुगेका छन् । पछिल्लो समय सत्तासंग निकट देखिएका देउवा ओलीलाई साथ् दिने कि कांग्रेसलाई साथ् दिने धरमरमा छन् ।

पार्टीभित्रै आलोचनाको शिकार बनेका देउवाले सधै पर्गेल्ने गरेका पार्टीका महामन्त्री डा. शशांक कोइरालासंग गुनासो गर्दै पार्टीमा आफूलाई संकट बढ्दै गैरहेको भन्दै साथ् दिन याचना गरेका छन् । एक नेताक अनुसार आफूलाई पार्टीबाट खेद्न थालिएको भन्दै देउवाले गुनासो गरेका थिए ।

अध्यादेश र संसद विघटनमा ओलीलाई साथ् दिएको भन्दै पार्टीभित्रै खेदो खन्न थालिएको र आफ्नैले पनि दावाव दिन थालेको अवस्थामा देउवाले महामन्त्री कोइराला लगायतका केहि नेताहरूसंग गोप्य छलफल गर्दै साथ दिन र खेदो नखन्न आग्रह गरेका छन् ।

आइतबार बिहानै सभापति देउवा आफैंले फोन गरेर महामन्त्री कोइरालालगायतका केहि नेताहरूलाई आफ्नै निवासमा बोलाएर उनले लामो समय गुनासो गरेका थिए । भेटमा सभापति देउवा, महामन्त्री कोइराला, अर्का महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएको बुझिएको छ ।

बिहान साढे १० बजे देखि सुरू भएको छलफल ३ बजेसम्म चलेको स्रोतले बताएको छ । बैठकमा सभापति देउवाले आफ्ना बाध्यताहरु र पछिल्लो संकटको अवस्थाको बेलीबिस्तार लगाएका थिए । त्यतिमात्र होइन देउवाले आफू चारैतिर संकटमा रहेको समेत बताएका थिए उनले आफूले गरेका केहि गल्ती नेताहरूलाई सुनाएका थिए । समस्या बताउँदै देउवा बावुक बनेका थिए । ति नेताका अनुसार देउवा झन्डै रोएनन ।

सरकारले लिएको पछिल्लो कदममा पनि ढुलमुले देखिएका देउवा आफ्नैबाट समेत पर्गेलिन थालेपछि केहिदिनदेखि तनावमा थिए ।

सभापति देउवाले नेताहरूसंग अब आफूलाई साथ् दिन आग्रह गरेको एक नेताले बताएका छन् । ‘म अत्यन्तै संकटमा छु । पार्टीभित्र पनि मेरो दोहोलो काडिएको छ । यो अवस्थामा मलाई साथीहरूले साथ् दिनुस । मा तपाईंहरूको कुरा मान्न तयार छु ।’ देउवाको भनाई उद्घृत गर्दै ति नेताले सुनाए ।

भेटमा देउवा पहिले भन्दा निकै रक्षात्मक बनेका थिए । उनले विभिन्न कालखण्डका प्रसंग सुनाउँदै नेताहरूको मन पगाल्ने प्रयत्न गरेका थिए ।

ति नेताका अनुसार देउवा यति लचिलो बनेर प्रस्तुत भएको पहिलो घटना थियो ।