प्रवासी नेपालीको समस्या समाधान गर्ने देउवाको आश्वसन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रवासी नेपालीको समस्या समाधान गर्ने देउवाको आश्वसन



नयाँ दिल्ली :

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुका समस्या समाधान गर्ने आस्वासन दिएका छन् । प्रवासी नेपालीहरुका समस्याको बारेमा आफू अवगत रहेको बताउदै देउवाले यसको समाधानका लागि दुवै मुलुकले विभिन्न तहमा छलफल गर्ने बताए ।

भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका देउवाले दिल्लीस्थित नेपाली दूताबासमा प्रवासी नेपालीहरुलाई सम्बोधन गदै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका हुन ।

उपचार गराउन भारत आएका नेपालीहरुको समस्या तथा विधार्थीहरुको समस्याका बारेमा पनि आफनो ध्यानाकर्षण भएको उनले बताए ।
प्रवासमा रहेका सम्पूर्ण नेपालीहरु अबैतनिक राजदूतको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘तपाइहरुको समस्याका बारेमा म जानकार छु । दुवै मुलुकले मिलेर छलफल गर्नेछौं ।’

भारतमा रहेका प्रवासी नेपालीहरुका चार भातृ दलहरुले संयुक्त रुपमा विभिन्न माँग सहितको १८ बुँदे ज्ञापन पत्र प्रधानमन्त्री देउवालाइ बुझाएपछि उनले नेपाली समुदायलाइ सम्बोधन गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भटराइका पालादेखि निरन्तर नेपालबाट आएका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुलाई प्रवासी नेपालीहरुको समस्याका बारेमा अवगत गराउँदै ज्ञापन पत्र बुझाउँदै आएको बताउँदै नेपाली जनसम्पर्क समितकिा अध्यक्ष बालकृष्ण पाण्डेले यसको कार्यान्वयमा जोड दिन प्रधानमन्त्री देउवासँग आग्रह गरे ।

नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति,एमाले निकट प्रवासी नेपाली संघ भारत तथा माओवादी निकट अखिल भारत नेपाली एकता मंचले संयुक्त रुपमा प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका थिए ।

प्रवासी नेपालीहरुको माँगपत्र यस्तो छ

१ भारतमा अस्थायी रुपमा पेसा, व्यापार व्यावसाय अन्य संस्थामा कार्यरत नेपालीहरुको बैंक तथा फाईनान्स संस्थामा खाता खोल्ने कठिनाई हटाउने ।

२ भारतमा कार्यरत नेपालीहरुको अन्य मुलुकमा काम गर्न जाने नेपाली सरह बिमाको व्यवस्था गरिनु पर्ने ।
३ नेपाल–भारत बीचको महँगो टेलिफोन महशुल दर कम गराउनु पर्ने ।

४ महिला अपहरणकारी, तस्करी, चेलिबेटी बेचबिखन जस्तो कार्य गर्ने अपराधीलाई दण्डित गरिनु पर्ने ।

५ नेपालबाट चेलीबेटीहरुलाई भारतबाट खाडी मुलुकमा पु¥याई बेच्ने कार्य बढ्दो भएको हुँदा तत्काल त्यस्तो दलालको पहिचान तथा कारवाही तथा चेलीहरुलाई चेतनाको प्रचार गरिनु पर्ने ।

६ नेपालबाट भारत तथा चीनका सीमाहरुका प्रत्येक नाकामा सिसिटिभि जडान र प्रशासनमा सुधार गरिनु पर्ने ।

७ शिक्षालाई गुणस्तरिय बनाउन शिक्षा नीतिमा परिवर्तन गरी शिक्षक र कर्मचारी वर्गले राजनीति गर्न नपाउने व्यवस्था गरिनु पर्ने ।

८, नेपालबाट सार्क मुलुकमा अध्ययनका लागि आउने नेपाली बिद्यार्थीहरुलाई सम्बन्धित देशको प्रचलित मुद्रामा फिस भुक्तान गरिने व्यवस्था हुनु पर्ने ।

९ विदेशमा रोजगारीका लागि गएका नेपाली चेलीहरुले व्यक्तिगत स्वतन्त्रता र मानविय हक र अधिकार शोषणका विरुद्धमा आफ्नो मुलुकमा बसी कानुनी न्याय प्राप्तिको निम्ति अदालतमा अपिल गर्ने न्यायको लागि लड्ने अधिकारको सुनिश्चितता गरिनुपर्ने ।

१० भारतमा अध्ययन गर्ने स्टाफ नर्सलाई भारतीय नरसिङ काउन्सिलमा दर्ता गरिदैन जसको कारण उनीहरुले प्राक्टिकल गर्न पाउँदैनन् यसका लागि सम्मानजनक व्यवस्थाका लागि पहल गरियोस् ।

११ दूतावासमा दरबन्दी कटौती गरी २५–३० वर्ष कार्य गरेका कर्मचारीलाई कुनै प्रकारको अनुदान नदिइ नोकरीबाट पदमुक्त गराइएको छ । उनीहरुका उचित मागको सम्बोधन गरी उचित व्यवस्था मिलाइयोस् ।

१२ भारतमा बस्ने सबै नेपालीहरुलाई बैंक लगायत विभिन्न कार्यमा आधार कार्ड अनिवार्य गरिएकोले नेपालीहरुलाई यसको उचित व्यवस्था मिलाइयोस् ।

यसका अलाबा चित्रबहादुर केसी निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न बुँदा सहितको ९ बुँदे माँग पत्र छुटै दिएको थियो । उनीहरुको माँगपत्रमा १९५० को सन्धिलाइ आधार मानेर नेपाली नागरिकताको आधारमा भारतमा नेपालीहरुको हक अधिकार स्थापित गराउन माँग गरिएको छ ।