देउवाको निर्देशनमा यादवलाई गाडीमा हालेर सानेपा लगेपछि... - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

देउवाको निर्देशनमा यादवलाई गाडीमा हालेर सानेपा लगेपछि…



काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई अपहरण शैलीमा कांग्रेस पार्टी कार्यालयमा लागिएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा उनलाई निर्वाचन समितिका सदस्यले सानेपा लागिएको हो ।

देउवाले राजीनामा दिएर भाग्न कहाँ पाइन्छ भन्दै फोन समेत गरेको खुलेको छ। देउवाले फोन गरेर राजीनामा फिर्ता लिन दवाव समेत दिएको उनले बताएका छन् । देउवाको आग्रह नमानेपछि उनलाई देउवा निकटका निर्वाचन समिति सदस्य तेजबहादुर रावलले आफ्नै गाडीमा अपहरण शैलीमा सानेपा लागेको बताइएको छ ।

उनले आफू अफिसमा भएका बेला विज्ञप्तिमा सही गर्नुपर्छ भन्दै सानेपा लागिएको बताएका थिए । उनले प्रधानमन्त्रीले फोन गरेर राजीनामा फिर्ता लिन भनेपनि आफूले नमानेको तर अहिले भाग्न पाईदैन भन्दै सानेपा लगिएको बताएका थिए ।

देउवाले यादवलाई राजीनामा स्वीकृत बगारने भन्दै फिर्ता लिन पटकपटक दवाव दिएको बताइएको छ उनले जवाफमा आफूले फिर्ता लिनको लागि राजीनामा नदिएको बताएका थिए ।

उनलाई देउवा निकट नेताहरूले तपाईंको कारण कांग्रेस दुर्घटनामा पर्ने भयो भन्दै दवाव दिने काम भएको बताएका थिए । उनले आफूलाई अपहरण शैलीमा लागिएको बताएका छन् ।

कांग्रेस सभापति देउवाको जिल्लामा देखिएको विवादका कारण यादवले राजीनामा दिएका थिए ।