भारतमा गरेका सम्झौता नेपाल र नेपालीको हित विपरित : एमाले - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतमा गरेका सम्झौता नेपाल र नेपालीको हित विपरित : एमाले



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले भारतको राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम अधिकार सम्पन्न नेपाल र नेपालीको घोर अपमान गरेको आरोप लगाएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा कार्यवहाक अध्यक्ष गौतमले संविधान संशोधनमा प्रधानमन्त्रीले भारतसमक्ष गरेको प्रतिवद्धताले नेपाल, नेपाली र सार्वभौम अधिकार सम्पन्न संसद्को अपमान भएको दाबी गरे ।

नेपाल र नेपालीको एकता तथा स्वतन्त्रता विरुद्ध भएकाले संसदले असफल बनाएको संविधान संशोधनलाई आफ्नो व्यक्तिगत अधिकार जसरी प्रधानमन्त्रीले संशोधन गर्ने आश्वासन दिएको भन्दै उनले आक्रोश पोखे ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेका सम्झौता पनि नेपाल र नेपालीको हित विपरित भएको उनले टिप्पणी गरे ।

कार्यवहाक अध्यक्ष गौतमले औपचारिक भ्रमणमा पनि अनौपचारिक रुपमा भारतीय पक्षबाट वामअप भएको भन्दै भारतले लतार्ने र प्रधानमन्त्री देउवा लतारिने काम गरेको टिप्पणी गरे ।