देवेन्द्र पौडेल लगाएतका नेता माओवादी केन्द्रमा फर्कदै, तीन बजे पत्रकार सम्मेलन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

देवेन्द्र पौडेल लगाएतका नेता माओवादी केन्द्रमा फर्कदै, तीन बजे पत्रकार सम्मेलन



काठमाडौं । डा. बाबुराम भट्टराईले संयोजन गरेको नयाँशक्ति पार्टी नेपालबाट पूर्व माओवादी देवेन्द्र पौडेल सहितका केही नेताहरुले नयाँ शक्ति छोड्ने भएका छन् ।

दिउँसो ३ बजे बागबजार स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी छोडेको घोषणा गर्ने भएका हुन् ।

नयाँ शक्तिभित्र केन्द्रीय कार्यकारी समिति विगठन गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएपछी र  फोरमसँगको एकता भाँडिएपछि चुनावमा कसरी जाने भन्ने विषयमा पार्टीभित्र चर्काे विवाद भएको थियो ।

नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेल सहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने संकेत देखिएको नयाँ शक्तिका नेता मुक्ति प्रधानले जानकारी दिएका छन् ।

पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले पार्टी छोड्दै छन् ।

रामचन्द्र झा एमालेमा जाने भनेर हल्ला गरिएको भएपनि उनी अहिले प्रचण्ड निवास लाजिम्पाटमा छलफलमा व्यस्त छन् ।  झा सँगै प्रचण्ड, बादल, जनार्दन शर्मा लगायतका नेताहरू छलफलमा छन् ।