नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल सहित अन्य नेता दिल्लीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल सहित अन्य नेता दिल्लीमा



नया दिल्ली , २५ मंसिर ।

नयाँ शक्ति नेपालका नेता  देवेन्द्र पौडेल आज बिहान  दिल्ली आएका छन् । नयाँ शक्ति नेपालको भारत स्थित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको भोली र पर्सि हुने कार्यकर्ता भेलामा सहभागि हुन पौडेल दिल्ली आएका हुन् ।

पौडेलसँगै नेपाली एकता समाजका संस्थापक सदस्य राजु नेपाली र अन्य पनि आजै दिल्ली आएको स्रोत ले बताएको छ । नेता पौडेलले  संक्षिप्त कुरा गर्दै अहिलेको २१ औ शताब्दीमा नयाँ ढंगले भारत र चिनको सम्बन्धलाई विश्लेषण गर्नु पर्ने वातए । उनले नेपालको आर्थिक विकासकालागि नेपालले भारत र चिनसँग संतुलन मिलाएर अघि बढनु पर्ने बताए ।

नेपालमा नयाँ शक्ति नयाँ एजेण्डा सहित आएको छ तर भारतमा क्रियाशिल यसको सहयोगि संस्था अन्तरराष्ट्रिय नेपाली समाजमा खासै नयाँ एजेण्डा देखिएन भन्ने जिज्ञाशाको जवाफ दिँदै नेता देवेन्द्र पौडेलले भने – ‘हामी यहि विषयमा भोली र पर्सि दिल्लीमा हुने कार्यकर्ता भेलामा छलफल गर्ने छौं, आशा गरौं प्रवासी नेपालीहरुका हितमा नयाँ र पेचिला योजनाहरु ल्याउनेबारे निर्णयहरु हुनेछन् । दिल्लीमा हुने कार्यकर्ता भेलामा भारतका १५ राज्यहरुवाट भण्डै ४ सय कार्यकर्ताहरु दिल्लीमा भेला हुने आयोजक कृष्णराज गैरेले बताए ।