देवयानी राणा बनिन् कोकाकोलाको उपाध्यक्ष - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देवयानी राणा बनिन् कोकाकोलाको उपाध्यक्ष



काठमाडौं- देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला इण्डियाको उपाध्यक्ष बनेकी छन् नियुक्त भएकी छन् । उनी नेपालका अन्तिम श्री ३ महाराज (प्रधानमन्त्री) मोहन शमसेर जबराकी पनातिनी तथा राप्रपा अध्यक्ष पशुपति शमसेर जबराकी छोरी हुन् ।

कोकाकोलाले उनलाई भारतका साथै दक्षिण पश्चिम एशियामा सन्चार तथा सार्वजनिक मामिला हेर्ने जिम्मेवारी दिएको छ । राजदरवार हत्याकाण्डको बेला उनी विवाद र चर्चामा आएकी थिइन् ।

राणाले यसअघि काटरपिलर इण्डियाको निर्देशकका रुपमा भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । राणाले युएनडिपी लगायतका संस्थामा पनि काम गरेकी छन् ।

तत्कालिन युवराज दिपेन्द्र वीरविक्रम शाहसँग नजिक रहेकी राणासँग रानी ऐश्वर्याले विहे गर्न नदिएको बताइन्छ। दरवार हत्याकाण्डको छानविन आयोगले देवयानीसँग पनि बयान लिएको थियो ।

उनको बिहे भारतमा भएको थियो तर लामो समय टिक्न भने सकेन । देवयानीको मावली भारतको ग्वालियरको सिन्धिया वंशका महाराजा हुन् ।