एकैछिनमा तनावग्रस्त बन्यो धादिङको गजुरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकैछिनमा तनावग्रस्त बन्यो धादिङको गजुरी



काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ वर्षीय विद्यार्थीको मुत्यु भएको हो ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारलाई ठक्कर दिएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिएको हो ।

“दुईतिर बाटो अवरुद्ध छ । विद्यार्थीहरुले ठक्कर दिने गाडी जलाएका छन्,” उनले भने, “जनपथ र सशस्त्र प्रहरी खटाइएको छ ।”

विद्यार्थी र मृतकका आफन्तले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् । जिल्लाबाट वास्तविक घटनाको सबै विवरण संकलन गर्न टोली पठाइएको प्रशासनले जनाएको छ ।