दुई करोड माग्ने ढाकाकुमारमाथि कारबाही, रास्वपाले बोलायो बैठक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दुई करोड माग्ने ढाकाकुमारमाथि कारबाही, रास्वपाले बोलायो बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ । त्यसका लागि बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित छन् । उनले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसित दुई करोड रुपैयाँ माग गरेको भन्ने अडियो सार्वजनिक भएको हो । उक्त अडियो उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन् । उनले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवाद समेत नगरेको जिकिर गरेका छन् ।