ढाकाकुमारले भने- तीन करोड बुझाएको समाचार झुटो हो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ढाकाकुमारले भने- तीन करोड बुझाएको समाचार झुटो हो



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गरी उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्।

यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताएका छन्।

आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत उनले दिएका छन्। उनले निष्पक्ष पत्रकारिकाको धर्म पालना गर्न पनि सम्बन्धित मिडियालाई सुझाव दिएका छन्।