रामकृष्ण ढकाल एकल साँझ, किन कहिले र कहाँ ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रामकृष्ण ढकाल एकल साँझ, किन कहिले र कहाँ ?



 

हिमालपोष्ट/ काठमाण्डौ,चैत्र १४ ।

राजधानिको नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत्र १८ गते रामकृष्ण ढकाल एकल साँझ-२०७३ हुने भएको छ।

विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुने एकल साँझ सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको संस्था विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ प्रस्तुत हुने भएको हो ।बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन गरि विन्ध्यवासिनी म्यूजिकले रामकृष्ण ढकाल एकल साँझका बारेमा प्रष्ट पारिएको थियो ।

आधुनिक गायनका शिखर पुरुष गायक रामकृष्ण ढकालको प्रस्तुतिलाई ब्याक अफ ब्याण्ड ‘द भ्वाइस’ का दश जना बाध्यवादकले साथ दिने जानकारी गराइएको छ । गायक ढकालले आफ्ना सर्वाधिक चर्चित २० गीतहरु एकल साँझमा प्रस्तुत गर्ने बताइएको छ।

के भन्छन त रामकृष्ण ढकाल ?

मैले जीवनमा एउटै काम गरे – त्यो हो गीत गाए ! गायन नै मेरो पेशा हो र सङ्गीत नै मेरो धर्म ! नेपाली सङ्गीतको सेवा मार्फत मैले सबैको माया सद्बभाब र इज्जत पनि पाए ! जिन्दगी चलाउदै आएको छु सङ्गीत बाटै ! मेरो जिवन सङ्गीत भन्दा बाहिर रहेन-भएन र हुने पनि छैन ! जीवन कै निरन्तरता नै त हो हाम्रो कर्म ! आगामी १८ गते मैले सङ्गीत र गाएन मार्फत अर्को एउटा पुन्य कर्म गर्न जाँदैछु ! बिन्ध्यबासिनी म्युजिक प्रा. लि. को आयोजना मा बिन्ध्यबासिनी फाउन्डेसन सहयोगार्थ मेरो एकल प्रस्तुती रहने “रामकृष्ण ढकाल एकल साझ २०७३” मा यहाँहरु को माया सद्भाब र प्रेमको निरन्तरता को लागि अनुरोध समेत गर्दछु !

कार्यक्रम बारे सुबास रेग्मी

हामिले बिगत देखि कला र कलाकारको सम्मान र प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम गर्दै आएका छौ एकल साँझ पनि त्यसैको निरन्तरता हो। बिन्धवासिनी फाउन्डेसनको माध्यमबाट धेरै कलाकारलाई सहयोग पनि गरेका छौँ, आगामी दिनमा सङ्गीत आश्रम बनाउने तयारी पनि भएको छ, नेपाली सङ्गीत क्षेत्रलाई परिस्कृत र ब्यावसायिक बनाउने हाम्रो अभियान जारी छ।