कसले दियो उदितनारायण झालाई ज्यान मार्ने धम्की ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कसले दियो उदितनारायण झालाई ज्यान मार्ने धम्की ?



बलिउडमा सक्रिय नेपालका गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको छ । अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि मुम्बई पुलिसले उनको सुरक्षामा विशेष दस्ता परिचालन गरेको छ ।

झाले दुई हप्ताअघि नै प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको उजुरी गरेका थिए । एक महिनादेखि निरन्तर उनलाई एक अपरिचित व्यक्तिले फोनमार्फत धम्की दिइरहेको जनाइएको छ ।

भारतीय पुलिसले अहिले धम्की दिने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । भारतीय सुरक्षाकर्मीले अहिले उदितनारायणको घर आसपासको क्षेत्रमा समेत सुरक्षा दिइरहेका छन् । सप्तरीका झा काठमाडौंमा लामो समयसम्म काम गरेर बलिउड गएका हुन् ।