डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर निर्वाचित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर निर्वाचित



हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् ।

बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् ।

उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।

डोल्पामा व्यक्तिगत रुपमा बलिया रहेका उनले आफ्नै पूर्वसहकर्मीलाई पराजित गरेका हुन् । बुढा तीनै व्यक्ति हुन् जो ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए ।