गुल्मी १ (ख) मा धनेन्द्र कार्कीले बाजी मार्दा फर्सुराम स्तब्ध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुल्मी १ (ख) मा धनेन्द्र कार्कीले बाजी मार्दा फर्सुराम स्तब्ध



गुल्मी क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्कीले बाजी मारेका छन् ।

अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका कार्कीले यसपटक भने बदला लिएका छन् । कार्की गुल्मीको विकाशमा राम्रै प्रभाव राख्ने नेता हुन ।

कार्कीले नेकपा एमालेका फर्सुराम पाण्डेलाई झिनो मतले पराजित गरेका छन् । धनेन्द्र कार्कीले बाजी मारेपछि एमाले नेता पाण्डे भने स्तब्ध बनेका छन् ।

मतगणना सकिएपछि निर्वाचन आयोगले केहीबेरमा प्रमाणपत्र दिने तयारी गरेको छ ।