एक महिनासम्म धनगढी विमानस्थल आंशिक बन्द हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एक महिनासम्म धनगढी विमानस्थल आंशिक बन्द हुने



कैलाली । धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । मर्मतका लागि यसअघि एक महिना बन्द गरिएको विमानस्थल मर्मतको थाती काम पूरा गर्न पुनः बन्द गर्न लागिएको हो ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावनमार्ग र पार्किङ्गस्थल निर्माणका लागि आइतबारबाट दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्मका लागि एक महिनासम्म विमानस्थल बन्द रहने जानकारी दिए ।

बुढथापाले विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये ४ सय २० मिटर काम बाँकी रहेको बताए ।

धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाडाैं–धनगढी उडान भर्दै आइरहेका छन् । नेपाल एयरलाइन्सको विमानले भने आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने जनाइएको छ भने दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरले सो अवधिमा बिहान एउटा मात्रै उडान गर्ने र श्री एयरलाइन्सले दिउँसोको उडानमा केही फेरबदल गरिए पनि दैनिक दुई उडान हुने बताएको छ ।