धनगढीमा हाफ म्याराथुनको तयारी पूरा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

धनगढीमा हाफ म्याराथुनको तयारी पूरा



धनगढी, कैलाली । “अब धनगढी दौडिन्छ” भन्ने मुल नाराका साथ धनगढी जेसिजको आयोजनामा बैशाख १ आयोजना हुने “धनगढी हाफ म्याराथन २०१८” को सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताका मूल संंयोजक तथा धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष कमल पनेरुले धनगढी हाप म्याराथुनको तयारी पूरा भएको जानकारी दिनुभयो । म्याराथुनका लागि सार्कमा सहभागि भइसकेका छविलाल थापा सहितको छ सदस्यीय टोली धनगढी पुगिसकेको पनेरूले जानकारी दिनु भयो ।

यसका साथै ५ सय भन्दा बढीले म्याराथुनमा सहभागि हुनका लागि फाराम भरिसकेका छन । एलएन चौकको माईक्रोटेक कम्प्युटर, रातोपुलको उग्रतारा कम्प्युटर, चौराहाको दिपेश ईन्फोसिस, क्याम्पस चौकको मालिका कम्युटर र धनगढी रंगशालामा समेत फर्म भर्न सकिने आयोजकले जनाएको छ ।

बैशाख १ गते हुने प्रतियोगिता अन्तर्गत खुल्ला दौड, कर्पोरेट मिडिया दौड र ट्राई साइकल गरी तीन विधामा प्रतिस्पर्धा हुने छ । खुल्ला दौड प्रतियोगितामा २१.५ किलोमिटरको रहेने छ भने उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजारका साथै ट्रफी र प्रमााण पत्र प्रदान गरिने छ ।

५ किलोमिटरको कर्पोरेट मिडिया दौडमा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमशः पाँच, तीन तथा दुई हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।