धनकुटामा माओवादीका नेताहरूले दिए सामुहिक राजीनामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धनकुटामा माओवादीका नेताहरूले दिए सामुहिक राजीनामा



काठमाडौं- नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए ।

तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन ।