धनुषामा कांग्रेसका मेयर उम्मेदवार एमालेद्वारा कुटिए, प्रशासन मौन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धनुषामा कांग्रेसका मेयर उम्मेदवार एमालेद्वारा कुटिए, प्रशासन मौन !



धनुषा ।

नेपाली कांग्रेस धनुषा नगरपालिकाका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा मध्यरातमा हमला भएको छ ।  यो घटनालाई पार्टीले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

मध्यरातमा भएको सांघातिक आक्रमणप्रति नेपाली कांग्रेस धनुषाले गम्भीर आपत्ति जनाएको छ । धनुषा नगरपालिकाको वडा नं ८ अकौरा टोलस्थित यादवको घरमा गएराति करिब १२ बजे आक्रमण भएको थियो । उम्मेदवार यादवलाइ  मध्यरातमा करिब डेढ सय जनाको समूहमा आएका व्यक्तिहरूले आक्रमण गरेका थिए ।

धनुषा कांग्रेसले उक्त आक्रमण एमालेसम्बद्ध उन्मत्त व्यक्तिहरूले गरेको दाबी गरेको छ ।
धनुषा काङ्ग्रेस सभापति रामसरोज यादवद्वारा जारी गरिएको छ ।  विज्ञप्तिमा भनिएको छ मदिरामा लट्ठिएका स्थानीय एमाले नेता–कार्यकर्ताहरूले यादवको घरको मूल ढोका तोडफोड गरी ढुंगामुढा गरेका थिए । ‘स्थानीय तह निर्वाचनमा पराजय हुने डरले मतदान हुनु एक दिनपुर्व रातको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नु निन्दनीय छ ।


एमालेका अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका सभापति यादवको दाबी छ । यादवसँगै एमाले कार्यकर्ताहरुले काङ्ग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेका बताइएको छ । उनीहरुले यादवको घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेका छन् । एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् ।

उम्मेदवारको घरमा आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक बन्नु दुःखद रहेको जिल्ला सभापति रामसरोज यादवले बताएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुनु सुरक्षा व्यवस्थाको तैयारीमाथि गम्भीर प्रश्न उठेको उनको भनाई छ ।

शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा मतदाताको सुरक्षालाई ध्यान राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन धनुषा कांग्रेसले स्थानीय प्रशासनसँग माग गरेको छ ।