एक करोड धरौटीमा छुटे शर्मा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एक करोड धरौटीमा छुटे शर्मा



काठमाडौं-

कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो ।

कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल पनि एक/एक करोड रुपैंया धरौटी बुझाएर थुनामुक्त भइसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनामाथि कर फस्यौंटका क्रममा अनियमितता गरेको आरोपमा १० अर्ब ९६ करोड रुपैंयाका दरले विगो र जरिवाना माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका सदस्यहरु द्वारिकामान जोशीसहित रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासबाट एक करोड रुपैंयाका दरले धरौटी माग्ने आदेश भएको प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए ।

भ्रष्टाचार मुद्दाका अर्का दुई प्रतिवादी गत साता नै विशेष अदालतमा हाजिर भएका थिए ।, यो खबर आजकोकान्तिपुरमा छ ।