धर्मको नाममा एकै रातमा १२ हजार ३०७ बोकाको बलि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धर्मको नाममा एकै रातमा १२ हजार ३०७ बोकाको बलि



महेन्द्रनगर, धनुषा, १३।

सर्वोच्च अदालतले बलिप्रथामा रोक लगाए पनि देशका बिभिन्न मंदिरमा बोका र रांगाको बलि दिने चलन हटेको छैन ।

पुरानो परम्परालाई निरन्तरता दिन जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।

राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो ।

निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो ।